संखुवासभा सामूहिक हत्याकाण्डका ‘मुख्य योजनाकार’ पक्राउ

पक्राउ परेका चारैजना लोकबहादुरका परिवार

मादी नगरपालिकामा भएको हत्याकाण्डको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका छ जनाको हत्यामा संलग्न भएको आरोपमा लोकबहादुर कार्कीकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा यसअघि पक्राउ परेका लोकबहादुर कार्कीको बुवा रणबहादुर, भाई नरेश, काका खड्गबहादुर, र भाई हस्त कार्की (खड्गबहादुरका छोरा) लाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु घटनामा आफै संलग्न भएको पाइएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । लोकबहादुरको काकाको परिवार यसअघि नै छुट्टिएर अर्कै परिवारको रुपमा बस्दै आएका थिए । पछिल्लो पटक पक्राउ परेका चार जनालाई कर्तब्य ज्यान कसुर अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढाईएको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।

घटना खड्गबहादुर कार्कीको योजनामा घटाइए पनि छोरा हस्तबहादुरसहित लोकबहादुर कार्कीको घरमा गई सबै जनाले घटनाको बारेमा कसैले थाहा नपाएको बताउने सल्लाह भएको प्रहरीले बताएको छ । यदि प्रहरी आई घटनाका बारेमा पत्ता लगाएमा लोकबहादुरले मानसिक रोगको औषधि खाइरहेको र उनले नै जिम्मा लिने गरी उनीहरूबीच सल्लाह भएको प्रहरीले जनाएको छ ।

कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आइतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशको बयानको आधारमा अन्य चार जनालाई गत शनिबार  प्रहरीले पक्राउ गरेको हो । गत भदौ २१ गते सोमबार बिहान वर्ष ५८ को तेजबहादुर कार्की, उनकी आमा वर्ष ८४ की पार्वता, श्रीमती ५४ की कमला, वर्ष २८ की बुहारी रञ्जना, वर्ष ११ का नाति दिपेन र वर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाइल लोकबहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि संघीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटनास्थलमै खटिएका छन् ।

संखुवासभा हत्या : घटनामा संलग्न थप चार जना प्रहरी नियन्त्रणमा

संखुवासभा हत्या: थप चार जना अनुसन्धानमा तानिए

सङ्खुवासभा हत्या: लोकबहादुरका भाइको साथमा भेटियो मृतक रञ्जनाको मोबाइल

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्ने लोकबहादुरलाई प्रहरीले गर्‍यो सार्वजनिक

प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार