सङ्खुवासभा हत्या: लोकबहादुरका भाइको साथमा भेटियो मृतक रञ्जनाको मोबाइल

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जना हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका भाइ रहेको प्रहरीले जनाएको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनापश्चात् पुगेको प्रहरीले अनुसन्धान गर्ने क्रममा रञ्जनाको मोबाइल हराएको पुष्टि गरेको थियो । उक्त मोबाइल लोकबहादुरका भाइ नरेश काकीको साथमा भेटिएपछि उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दै गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिसपी लालध्वज सुवेदीका अनुसार हत्यामा नरेशको प्रत्यक्ष संलग्नता थियो वा अन्य केही भन्नेबारे अनुसन्धान भइरहेको छ ।

हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्ने लोकबहादुरलाई प्रहरीले गर्‍यो सार्वजनिक

प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार