संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव (भिडियो)

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान ५२ वर्षीय तेजबहादुर कार्की सहित ६ जनाको हत्या भएको प्रहरीले पुष्टि गरेको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । तालिमप्राप्त कुकुरबाट घटनास्थल अनुसन्धान गर्नुअघि प्रहरीले शव चलाएका छैनन् । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।

स्थानीय तेज बहादुर कार्कीका अनुसार विभत्स अवस्थामा हत्या भएका ६ जनाको शव फरक फरक ठाउँमा भेटिएको छ । घटनाको प्रकृति हेर्दा लखेटी लखेटी हत्या गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । मृतकमध्ये ८० वर्षीय वृद्धाको शव घरभित्रै छ भने मनमाया र बुहारी रञ्जनाको शव घर नजिकैको खोलामा लडिरहेको देखिन्छ । यस्तै दुई बालबालिकाको शव घरमाथिको खरबारिमा भेटिएको थियो भने तेजबहादुरलाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेको देखिन्छ ।

परिवारका एकजना सदस्य भने जिवितै फेला परेका छन् । तेजबहादुरका ९० वर्षीय बुबा बौद्धमान कार्की सकुशल फेला परेका हुन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् ।

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार