नेपाल र वेस्ट इन्डिज ‘ए’को टी-२० सिरिज आजदेखि

नेपाल र वेस्ट इन्डिज ‘ए’को पाँच खेलको टी–२० सिरिज आज ९शनिबार० देखि सुरु हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । सिरिजको पहिलो खेलमा जित निकाल्दै दुवै टोली सुखद सुरुवात गर्न चाहन्छन् ।

नेपाल र वेष्ट इण्डिज दुवै टोलीले यो सिरिजलाई टी–२० विश्वकप खेल्ने तयारीमा रुपमा लिएका छन्। यो सिरिजपछि नेपालले विश्वकप खेल्ने अन्तिम टोलीको घोषणा गर्नेछ ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोली बाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहिबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

शुक्रबार थप चार खेलाडी थपिएका छन्। टोलीमा नेपाल ए टोलीका विनोद भण्डारी र सागर ढकालसँगै कमल सिंह ऐरि र लोकेश बम थपिएका छन् ।

सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ । चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम ।

वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार