सलोन र करिश्मालाई पुत्रीलाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री लाभ भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् ।

आज बिहान पौने आठ बजे तिर करिश्माले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सलोनका बुबा शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

उनले भने, ‘नानी र आमा दुवैको स्वास्थ्य अवस्था ठीक छ । अस्पतालले हामीलाई बच्चा जिम्मा लगाइसक्यो ।’

आमा खुवाउने औँशीका दिन नातिनीको आगमनले शोभित खुसी छन् । उनी भन्छन्, ‘आमाको मुख हेर्न नातिनी औँशीकै दिन आइन् ।’

सलोन र करिश्मा ०७९ मङ्सिरमा विवाह बन्धनमा बाँधिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार