इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं– इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

इरानी तसिन्म समाचारले राईसी चढेको को हेलिकप्टरको वास्तविक अवस्था के छ भन्ने स्पष्ट नभएको जनाएको छ ।

राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए, जसमा दुई वटा हेलिकप्टरमा मन्त्री र अधिकारीहरू सवार थिए जो सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार