रवि लामिछानेको काँग्रेसलाई प्रश्न -राति प्रधानमन्त्री बनाउन आउने दिउँसो नैतिकता खोज्ने ?

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी दोहो¥याएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यो अफरबारे पार्टी सभापति शेरबहादुर देउवालाई सदनमै आएर जवाफ दिन पनि चुनौती दिएका छन्।

‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ। अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हो,’ उनले भने।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले मान्ने घटालथानमा आफू पनि पुगेको भन्दै त्यही थानलाई साक्षी राखेर जवाफ दिन देउवालाई चुनौती दिएका हुन्।

‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफरको डेट क्स्पायर भयो कि अझै बाँकी छ? त्यसपछि म मेरो जवाफ दिऔँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिज्यूले दिनुभए मेरो लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्यै मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई साक्षी राखेर भने हुन्छ– मेरा लागि त्यो अफर आएको थियो कि थिएन?’

उनले अघि थपे, ‘यदी मैले नैतिकताको उत्तर दिनुपर्छ भने, यो कुरा नैतिकताको विषय हो कि होइन। राति प्रधानमन्त्रीको अफर, अफर अस्वीकार गरेपछि सदन अवरुद्ध र संसदीय समितिको माग। यो राजनीतिको कुन नैतिकताको पृष्ठमा पर्छ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार