दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता नेपालमा हुने

जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिएको हो ।

छनोट प्रतियोगितामा नेपालको तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले बताए ।

नेपालको मुख्य चुनौती भनेको श्रीलंकाका खेलाडी रहने भएकाले सोही अनुसार तयारी गरिएको प्रशिक्षक कपालीले बताए ।

छनोटमा नेपालसँगै बगंलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान २ महिला र पुरुष खेलाडी गरि २० खेलाडीले सहभागिता जनाउनेछन् ।

छनोट प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडीले फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनौट गरिनेछ ।

एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनोट भइसकेका छन् । नेपालमा पहिलो पटक ओलम्पिकको छनोट हुन लागेको हो । प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कबर्ड हलमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार