काठमाडौंको मनमैजुमा ट्राफिक प्रहरीका जवान मृत भेटिए, हत्याको आशङ्का

काठमाडौँको तार्केश्वर–९ मनमैजुमा एक प्रहरी जवान मृत भेटिएका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा भेटिएको हो ।

प्रहरी जवान घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका थिए । पोस्टमार्टमका लागि प्रहरी जवान घिमिरेको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता फर्किएका थिएनन्। शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरी घिमिरेको शव भएको स्थानमा पुगेको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका(१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बसेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार