युनाइटेडविरुद्ध क्रिस्टल प्यालेसको फराकिलो जित

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग ४–० को फराकिलो हार व्यहोरेको छ ।

सोमबार सेल्हस्ट पार्कमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माइकल ओलिसेले दुई गोल गरे । यस्तै, जिन फिलिप माटेटा र टेरिक मिचेलले समान एक गोल गरे ।

खेलको १२औँ मिनेटमा ओलिसेको गोलमार्फत क्रिस्टलले अग्रता बनाएको थियो । माटेटाले ४०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा मिचेलले क्रिस्टलका लागि तेस्रो गोल गरे ।

यस्तै, ओलिसेले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिस्टलले ४–० को फराकिलो जित सुनिश्चित गरेको हो ।

जितसँगै ३६ खेलबाट ४३ अंक जोडेको क्रिस्टल १४औँ स्थानमा छ । ३५ खेलबाट ५४ अंक जोडेको युनाइटेड भने तालिकाको आठौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार