आज मिति २०८१ साल जेठ ६ गते ,आइतबार, यस्तो छ तपाईको राशिफल

२०८१ जेठ ६ गते ्र आइतबार १९ मे २०२४। बैशाख शुक्लपक्ष एकादशी तिथि १३ः४२ बजेपछि द्वादशी। हस्त नक्षत्र। चन्द्रराशि कन्या।

मेष : काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। 

वृष :अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ।

मिथुन : आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। 

कर्कट :आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला।

सिंह : समय राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। स्थिर रहदा परिवारको सहयोग मिल्नेछ।

कन्या : आज उत्साह बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यवहार गर्दा परिवारको साथ मिल्नेछ। हरेक क्षेत्रमा प्रगति हुने दिन छ।

तुला : धेरै कमाउने भन्दा पनि जोगाउने कुराले सताउन सक्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा भन्दा कृषिमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमले उचित मूल्य पाउनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नती हुनेछ। सोचेर मात्र लगानी गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

धनु : दिन राम्रो छ। हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक क्षेत्रमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सहयोग मिल्नेछ।

मकर : आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

कुम्भ : चञ्चल मन भएकाले अस्थिर हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। पारिवारिक क्षेत्रमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सहयोग गर्ने भन्दा खुट्टा तान्ने र कुरा काट्नेहरु बढ्नेछन्। श्रम लगानी गरेको क्षेत्रमा उन्नती हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार