आज मिति २०८१ साल जेठ २७ गते, आइतबार, यस्तो छ तपाईको राशिफल

२०८१ जेठ २७ गते, आइतबार ९ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष तृतीया तिथि, १६ः३६ बजेपछि चतुर्थी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १५ः२५ बजेपछि कर्कट।

मेष : मिहिनेत गर्दा विभिन्न अवसर पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्याेग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ।

मिथुन : रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कर्कट : खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। दिनभरको कामले साँझपख मन उत्साहित हुनेछ।

सिंह : साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा होला। शिक्षामा सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। खानपानमा ख्याल नगरेमा स्वास्थ्य खराब बन्ने जोखिम छ। साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

कन्या : व्यापारमा सफलता प्राप्त हुनेछ। लगानी भए स्वदेशमा उन्नति हुनेछ। परीक्षा लेखेको भए नतिजा उत्कृष्ट आउने दिन छ। परिवारमा मेलमिलाप होला। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

तुला : पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

वृश्चिक : पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

धनु : रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला।

मकर : शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

कुम्भ : समय राम्रो छ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा बढ्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले परिवारमा मिलाप हुनसक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ।

मीन : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नै परेमा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा नगर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार