वेस्ट इण्डिज ए सँगको सिरिजमा आज अन्तिम खेल खेल्दै नेपाल

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे नेपाल र वेस्ट इण्डिजबीचको खेल सुरू हुनेछ ।

पाँच खेलको सिरिजको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । ४ खेल सकिँदा वेस्ट ‌इण्डिजले ३ र नेपालले एक खेल जितेको छ ।

पहिलो खेलमा सानदार जित हात पारेको नेपाल त्यसपछिका तीनै खेलमा पराजित भएको थियो। दबाब नहुने हँदा दुवै टिमले आज खुलेर खेल्ने मौका पाउनेछन् ।

दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो । नेपालले यही सिरिजका बीच टी(२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो ।

नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार बिदाई समेत गरिसकेको छ । अर्को महिना टी(२० विश्वकप खेल्न वेस्ट इण्डिज नै जाने नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

अघिल्ला खेलहरूमा कप्तान रोहित पौडेलको बाहेक अन्य खेलाडीको प्रदर्शन त्यति सन्तोषजनक हुन सकेको छैन । त्यसलाई सुधारेर आजको खेलमा राम्रो प्रदर्शन गर्ने मौका उनीहरूलाई रहन्छ ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल ।

वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार