संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमा भएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।

गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो ।

हत्यारा नजिक पुग्न प्रहरीले मानवीय तथा प्राविधिक दुवै कोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका ६ जनाको सामुहिक हत्या भएको थियो ।

सो हत्याको अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले अनुसन्धान गर्दै आएको छ ।

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार