घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार