काठमाडौँ महानगरले लोकसेवाको तयारी कक्षा संचालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।

महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिनभित्रआवेदन दिन आव्हान गरेको छ । महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाण पत्र, खरिदार र नासु स्तरको कक्षाका लागि कक्षा १२ पास गरेको प्रमाण पत्र र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्न आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार