संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार ६ जनाको हत्या गर्ने लोकबहादुर कार्की रहेका छन् । कार्की हत्या भएका परिवारको आफ्नै खलक रहेका छन । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रड र रगतले लतपतिएको कपडा भटिएपछि उनी शङ्काको घेरामा परेका थिए ।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी बताएको छ । प्रहरीका अनुसार कार्की केही स मय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।

८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार