कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् ।

कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने भएको जनाएको छ । यसका लागि २०८१ वैशाख १४ गतेदेखि १८ गतेभित्र आवदेन दिनुपर्ने शाखाले जनाएको छ ।

शाखाका अनुसार वेवसाइटमा राखिएको फारम भरेर आवेदकले राहदानीसहित आवश्यक कागजातहरू [email protected] पठाउनुपर्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार