भारतको सिलोङमा चारजना नेपालीको बीभत्स हत्या

काठमाडौँ – भारतको सिलोङमा चारजना नेपालीको हत्या गरिएको छ ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूको बीभत्स हत्या भएको हो । 

पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना इलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । 

ती मध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेको समाचारमा उल्लेख छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।  शव पोस्टमार्टमका लागि सिभिल अस्पताल खिल्हरियात लगिएको छ ।

भारतीय प्रहरीले घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराएको छ  । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार