सुदन किराँतीले मन्त्रालय पुगेर दिए पर्यटनमन्त्री तामाङलाई ९ सुझाव

पूर्वमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्री हितबहादुर तामाङलाई ९ बुँदे सुझाव पत्र बुझाएका छन् ।

मन्त्रालयमा पुगेर नेकपा माओवादी केन्द्रका सांसद समेत रहेका किराँतीले आफूले देखेको, अनुभव गरेको, कार्य योजना तयार गर्दै गरेको र अगाडि बढाएका कार्ययोजनाहरु अगाडि बढाउन सुझाएका हुन् ।

किराँतीले पर्यटन क्षेत्रको विकासका लागि दुई वटा शूत्रमा शूत्रवद्ध गर्न सकिने उल्लेख गरेका छन् । उनले पर्यटन विकासका सम्भावनाहरुलाई तीन ढोका र नौ चाबीको रुपमा उल्लेख गरेका छन् ।

पूर्वमन्त्री किराँतीले पर्यटन विकासका तीन ढोकामा नेचर, कल्चर र एड्भेन्चरलाई समावेश गरेका छन् । त्यस्तै, नौ चाबीको रुपमा पर्यटन गौरवको घोषणा, रैथाने संस्कृति र ज्ञान, लगानी तथा पर्यटन पूर्वाधारको विकास, चार ऋतुहरुको ‘ब्राण्डिङ’, सांस्कृतिक र ऐतिहासिक विविधतामा आधारित नयाँ सम्पदाहरुको निर्माण, विज्ञान तथा प्रविधिको भरपूर सदुपयोग, बहुसांस्कृतिक र बहुधार्मिक महारेखा निर्माण, ग्लोबल वार्मिङ टुरिजमको विकास र अन्तरमन्त्रालय समन्वयत्मक विकासलाई किरातीले समावेश गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार