आज मिति २०८१ साल बैशाख २४ गते, सोमबार, यस्तो छ तपाईको राशिफल

२०८१ बैशाख २४ गते, सोमबार ६ मे २०२४। वैशाख कृष्णपक्ष त्रयोदशी तिथि, १३ः१९ बजेपछि चतुर्दशी। रेवती नक्षत्र, १६ः४७ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १६ः४७ बजेपछि मेष।

मेष : घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। 

वृष : मिहिनेत गर्दा सजिलै काम बन्नेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। पहिलेकाे उपलब्धिले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।

मिथुन : नयाँ काम गर्ने वातावरण बन्नेछ। पहिले रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

कर्कट : तपाईंले असफल बनाउन सक्रिय साथी धेरै छन्। आफूले आफूलाई चिनेर अगाडि बढ्नु उपयुक्त हुन्छ। लगानी गर्दा परिवारका सदस्यलाई अगाडि बढाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। शिक्षामा लगानी नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नहुने देखिन्छ। गुरुहरुबाट असहयोग हुनेछ। योजना सम्पन्न नभएसम्म प्रकाशन नगर्नु राम्रो हुन्छ। परिवारलाई बुझाउन नसक्दा वादविवाद हुने जोखिम छ। लगानीका क्षेत्रबाट लाभ हुने देखिन्छ।

कन्या : आफ्नो फाइदाका लागि अगाडि बढ्नुपर्ने दिन छ। नाफा कमाउने योग छ। परिवारको साथ मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुला : गुरुसँगको भेटले दिन फलदायी बन्नेछ। रोकिएको काम बन्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको प्रेमले मनमा उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

धनु : बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। आफ्नै लापरवाहीले पुरानो रोग बल्झिने खतरा देखिन्छ। रोजगारीमा बढुवा हुनेछ। परिवारको विवाद समाधान गर्ने क्षमताको विकास हुनेछ।

मकर : सञ्चय गरेर राखेको धन खर्च हुने योग छ। लगानीको क्षेत्र छनोट गर्न सकेमा अवसर धेरै छन्। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

कुम्भ : छिटो बोलीले समस्या आइपर्न सक्छ। दुई पटक सोचेर बोल्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो होला। बाटोमा साथ नदिने मित्र धेरै भएकाले सचेत हुनु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मीन : अरुको हित हुनेगरी काम गर्नु राम्रो हुन्छ। बोल्दा कसैको मन नदुखाउनु राम्रो हुन्छ। आफ्ना नजिकका व्यक्तिबाट बचेर काम गर्नु पर्ने दिन छ। सबैलाई समान व्यवहार गरेर मन जित्न सकिन्छ। परिवारको साथ मिल्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार