आज मिति २०८१ साल जेठ ३ गते ,बिहीबार, यस्तो छ तपाईको राशिफल

२०८१ जेठ ३ गते, बिहीबार १६ मे २०२४। बैशाख शुक्लपक्ष अष्टमी तिथि प्रातः ७ः५२ बजेपछि नवमी। मघा नक्षत्र, १९ः४१ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह।

मेष : प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।

वृष : अल्छी गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। 

मिथुन : परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। 

कर्कट : चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।

सिंह :आकर्षक पहिरन र तारिफयाेग्य कामले चर्चित भइनेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नाले काम सजिलै बन्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। 

कन्या : श्रम गर्दै हुनुहुन्छ भने मेहनत आवश्यक देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। आम्दानी बढ्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने वैदेशिक क्षेत्रमा झुक्याउने मान्छे धेरै भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिक : गुरुको साथ र सहयोग प्राप्त हुनेछ। साथी सकारात्मक भएकाले दिन रमाइलो हुनेछ। लगानी भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

धनु : जीवन सहज बन्नेछ। आम्दानीका क्षेत्र धेरै देखिन्छन्। शेयर कारोबारमा फाइदा हु्ने योग छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : काम गर्ने ठाउँमा विवाद हुनसक्छ। आफन्तबाट काममा अवरोध हुने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्ने देखिन्छ।

कुम्भ : मन भारी हुनेछ। आफूले गरेका राम्रा कामको जस अरुले लिनेछन्। तपाईंले मेहनत गरे पनि फाइदा अरुले लिने देखिन्छ। उद्योग धन्दामा ठुलो लगानी नगर्नु राम्रो हुनेछ।

मीन : संघर्षपूर्ण समय छ। जति काममा व्यस्त भए पनि आम्दानी घट्ने समय छ। कुरा काट्ने सक्रिय छन्। लगानीका क्षेत्र सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार