आज मिति २०८१ साल बैशाख ३१ गते,सोमबार, यस्तो छ तपाईको राशिफल

२०८१ बैशाख ३१ गते , सोमबार, १३ मे २०२४। वैशाख शुक्लपक्ष षष्ठी तिथि। पुनर्वशु नक्षत्र, १४ः०९ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ७ः५२ बजेपछि कर्कट।

मेष : हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। 

वृष :चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

मिथुन : बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्।

कर्कट : बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। महत्त्वाकांक्षी काम प्रारम्भ होला। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 

सिंह : दैनिकी सामान्य छ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा लाग्दा मन शान्त हुनेछ। व्यापारमा झगडा हुने देखिन्छ। परिवारमा हुने विवादले दिन बित्ने भएकाले शान्त बस्नु राम्रो हुनेछ।

कन्या : शिक्ष क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र परोपकारको क्षेत्रमा हात अगाडि बढाउनु राम्रो हुनेछ।

तुला : समय राम्रो छ। दीर्घकालीन योजना बनाउने दिन हो। साथी सकारात्मक भएकाले सहयोग प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। कृषि क्षेत्रको व्यापारले माथि उठाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : गुरुबाट सहयोग नमिल्ने दिन छ। काम गर्दा सचेत हुनुपर्ने छ। कामको परिणाम तपाईंको पक्षमा हुनेछ। श्रम लगानीबाट उत्साह मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन रमाइलो छ। अरुबाट काम लिने दिन हो। सहयोगी हात धेरै भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको रमाइलो साथ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मकर :आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।

कुम्भ : शनिदेवको छाया योग छ। जसलाई साढेसाती भनिन्छ। जन्मकुण्डली देखाएर मात्र कुनै काम गर्न अगाडि बढाउनु राम्रो हुन्छ। जन्मकुण्डलीमा शनि सकारात्मक भए प्रगति हुनेछ। शनि नकारात्मक भए ठुलो घाटा हुनेछ।

मीन : दिन राम्रो छ। श्रम लगानीबाट मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्नसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार