पार्टी विभाजनको घाटा महशुस गरेको भन्दै वामदेव भन्छन्- एमालेमा फर्किन जिम्मेवारी पर्खिराखेको छु

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले)मा जान निर्णय कुरिरहेको बताएका छन् ।

सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले यसअघिको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हाइलेभलको बैठकबाट निर्णय दिने भने पनि निर्णय नदिएको बताए । “हाइलेभल कमिटीले निर्णय पर्खिरहेको सात– आठ महिना भइसक्यो,” उनले भने ।

उनले आफूले गल्ती स्वीकार गरेको र पार्टी विभाजनको घाटा महशुस गरेको पनि बताएका छन् । साथै, आफूले पार्टी नफुटाएको पनि उनले दाबी गरे । अध्यक्ष ओलीको खुट्टा तान्न पार्टीमा आउने नभएर उनलाई सहयोग गर्न एमालेमा आउन लागेको उनले बताए । उनले ०५४ सालमा पनि पार्टीले कारबाही गरेपछि मात्रै अर्को दल खोलेको सुनाए ।

साथै गौतमले आफू ७५ वर्ष पुगेको बताउँदै जिम्मेवारी दिए पूरा गर्न सक्ने बताए । “मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पूरा गर्न सक्छु,” गौतमले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार