संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ। सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखेका थिए। त्यसमा कांग्रेसले अस्वीकार गरेको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको अडान राखेको छ। महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताए।

सचेतक सुशीला थिङका अनुसार संसदीय छानबिन समिति गठन गर्नेबारे अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने पनि उनले जानकारी दिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार