पौड्याल र मिश्र सचिवमा बढुवा

सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकले लोकनाथ पौडेल र राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय भएको हो। पौडेल मधेस प्रदेशको कायममुकायम सचिव रहेका थिए भने मिश्र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत कार्यरत थिए।

सरकारकी प्रवक्ता समेत रहेकी सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताए अनुसार, नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्रा.डा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ। न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार