यी हुन् जसपा विभाजन गर्ने सात सांसद

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वमा रहेको सो पार्टीका सात जना सांसदसहित केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अशोक राई निर्वाचन आयोग पुगेका छन् ।

जसपामा अहिले १२ जना सांसद रहेका छन् । त्यसमध्ये सात जनाको हस्ताक्षर पार्टी विभाजनको पक्षमा रहेको छ । त्यसैले सो पार्टीको आधिकारिकता माग गरिएको जनाइएको छ । उपेन्द्र यादव भने अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

यदी निर्वाचन आयोगले आधिकारिकता दिए जसपा औपचारिक रुपमा विभाजन हुनेछ ।

यी हुन् निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने ७ सांसदः
१. अशोककुमार राई
२. नवलकिशोर साह
३. रञ्जु ठाकुर
४. हसिना खान
५. वीरेन्द्र महतो
६. सुशीला श्रेष्ठ
७. प्रदीप यादव

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार