अशोक राई नेतृत्वलाई निर्वाचन आयोगले दियो मान्यता

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निवेदन दिएका अशोक राईले जनता समाजवादी पार्टीको दर्ता प्रमाणपत्र (दर्ता नम्बर १९८) पाएका छन् । हिजो (आइतबार) दल दर्ताको निवेदन दिएको राई समूहलाई निर्वाचन आयोगले आज (सोमबार) दल दर्ताको प्रमाणपत्र दिएको हो ।

राईसहित ७ जना सांसद नयाँ दलमा आवद्ध छन् । उनीसँगै आयोगमा प्रमाणपत्र बुझ्न महासचिव मोहम्मद इस्तियाक राई, उपमहासचिव प्रदीप यादव र कोषाध्यक्ष वीरेन्द्र महतो पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार