प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

संखुवासभामा भएको सामूहिक हत्यामा परिवारकै आफन्तको संलग्नता रहेको पुष्टि भएको छ । तेज बहादुरका भतिज पर्ने २६ वर्षिय लोक बहादुर कार्कीले सामान्य रिसिईबीलाई लिएर पुरै परिवारको हत्या गरेको बयान दिएका छन । प्रहरीका अनुसार कार्कीले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् ।

सोमबार बिहान खेत गोड्न आउँछु भनेका लोकबहादुर नआउने भएपछि तेज बहादुरल लोक बहादुरलाई हप्काएर अरु खेताला खोज्न निस्किएका थिए । घरमै आएर हप्काएर गएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेको खुलेको छ । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दोडिँदै जाँदा घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले दाउराले हिर्काएर हत्या गरे ।

आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन र पाँच वर्षीया गोमाले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई पनि लखेटेर घरदेखि माथिको खरबारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । मृतक सबैको टाउकोमा चोट लागेको छ ।

लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनी दीर्घ रोगी रहेको खुलेको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो ।

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार