संखुवासभामा ६ जनाको विभत्स हत्या गर्ने लोकबहादुरलाई प्रहरीले गर्‍यो सार्वजनिक

प्रहरीले मादी हत्याकाण्डमा संलग्न अभियुक्तलाई आज सार्वजनिक गरेको छ । प्रहरीले एकै परिवारका ६ जनाको हत्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक  (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो । प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए ।
८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

हत्या गरेको आरोपमा पक्राउ परेका लोक बहादुर कार्की र मृतक तेज बहादुर कार्कीको परिवारका बिच पछिल्लो समय सम्बन्ध सामान्य रहे पनि एक वर्ष अघि लोक बहादुर कार्कीकी आमाको मृत्यु तेज बहादुर कार्कीका आँगनमा लडेर भएको थियो । आँगनमा लडेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा निधन भएपनि लोक बहादुरको परिवारमा तेज बहादुरको परिवारका कारण आमाको मृत्यु भएको बुझाई थियो ।

लोक बहादुरको बाबुको हजुरबुवा र मृतक तेज बहादुरका हजुरबुवा एउटै हुन । उनीहरू बिचमा सामान्य अंशबन्डा र आँठोसाधको विवाद बेलाबखत भइरहने गरेको छिमेकी बताउँछन् । आर्थिक रूपमा तेजबहादुरको पेसा खेती किसान नै भएपनि उनीहरू हुनेखाने मानिन्थे । आफै पनि लोकबहादुरका बुवा भन्दा जान्ने सुन्ने तेजबहादुर छोराहरू वैदेशिक रोजगारीमा गएर कमाउन थालेपछि आफूहरूलाई हेप्ने गरेको बुझाई लोकबहादुरको परिवारमा थियो ।

त्यसमाथि तेजबहादुरको घर हुँदै ओहोर दोहोर गर्नुपर्ने उनीहरूलाई तेज बहादुरले बाटो अप्ठ्यारो बनाइदिएको र आँगनमै लडेर आमाको मृत्यु भएको विषय बेलाबखत उठ्ने गरेको थियो । यद्यपि यी दुई परिवारका बिच आउने जाने र बोलचाल भने निरन्तर भएको स्थानीय प्रेम बहादुर कार्की बताउँछन् ।

घटनाको अघिल्लो बेलुका तेज बहादुरले आफ्नो खेत गोड्ने योजना बनाएका थिए । तराईमा बैना गरेको जग्गा पास गर्न जाने सुनाउँदै लोक बहादुरको परिवारलाई खेताला बोलाए । सबैभन्दा नजिकको छिमेकी र जान्ने सुन्ने मानिएका तेज बहादुरलाई लोक बहादुरको परिवारले खेताला आउने बचन दिए पनि खेताला बोलाउन गएका तेज बहादुरको शैली उनीहरूलाई मन परेको थिएन ।

छिमेकीका अनुसार आमाको मृत्युपछि मानसिक समस्या देखिएका लोकबहादुरले जाँगर चले काम गर्ने नत्र कसैले भनेको नसुन्ने गर्थे । आउँछु भनेर पनि नआउने गरेको स्वभावका कारण तेज बहादुरले बेमान गरे नराम्रो हुने लोकबहादुरकै घरमा पुगेर सुनाएका थिए । तेज बहादुरको भनाइले चित्त दुखाएका लोकबहादुर आक्रमण गर्ने योजनासहित सबेरै उठेर तेज बहादुरको बाटो ढुकेर बसेका थिए । लोकबहादुरकै घरतर्फ लिन हिँडेको देखेपछि एकान्त सडकमा तेज बहादुरलाई चिर्पटले हानेर हत्या गरेको बयान प्रहरीसँग दिएका छन् । तेजबहादुरलाई आक्रमण गर्दा श्रीमती कमला र बुहारी रञ्जनाले देखेर प्रतिकार गर्न खोजेपछि उनीहरूलाई पनि लखेटेर खोलामा पुग्दा मारेको लोकबहादुरको बयान छ । यसपछि प्रमाण मेटाउन ८० वर्षीया वृद्धासहित दुई अबोध नाबालकको समेत ज्यान लिएको आरोपीले स्वीकार गरेका छन् ।

प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार