संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभामा एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या हुँदा दुई जना नाबालक पनि परेका छन् । तेजबहादुर कार्कीको ५ वर्षीया नातिनी र ८ वर्षीय नातिसमेत मारिएको खुलेको हो ।

संखुवासभाको मादी नगरपालिका १ मा एकैघरका ६ जना मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले भने, ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा दुई बालबालिका सहित ६ जनाको शव भेटिएको छ।’ मृत्यु हुनेमा ५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन् ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिंग खोलगाउँमा कार्कीको घर बाहिर उनीहरु मृत अवस्थामा भेटिएका हुन् । नगरपालिकाका मेयर विदुर सुब्बा लिङ्थेपले घटना भएको पुष्टि गर्दै उक्त स्थान नगरपालिकाको दुर्गम भेगमा रहेको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ५ घन्टा लाग्छ ।

धारिलो हतियार प्रहार गरेर उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

‘कुनै खोल्सातिर कुनै घरतिर गरेर ६ जनाको शव भेटिएको खबर आएको छ,’ सुवेदीले भने । प्रहरीको थप टोली अनुसन्धानका लागि घटनास्थलतिर लागिसकेको छ ।

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन् 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार