संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

सखुंवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट गएको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानबाट घटनास्थलको अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थलमा लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान शव भेटिएपछि पुगेको प्रहरी टोलीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ ।

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार