संखुवासभा हत्या : घटनामा संलग्न थप चार जना प्रहरी नियन्त्रणमा

संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्यामा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएकाले उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुमध्य केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

चार जनाको परिचय भने प्रहरीले खुलाएको छैन । गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको थियो। बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा मृतक तेजबहादुरका भतिज नाता पर्ने लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो ।

संखुवासभा हत्या: थप चार जना अनुसन्धानमा तानिए

सङ्खुवासभा हत्या: लोकबहादुरका भाइको साथमा भेटियो मृतक रञ्जनाको मोबाइल

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्ने लोकबहादुरलाई प्रहरीले गर्‍यो सार्वजनिक

प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार