संखुवासभा हत्या: थप चार जना अनुसन्धानमा तानिए

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको हत्या काण्डमा थप चार जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत भदौ २१ गते बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न छिमेकी २६ वर्षीय लोक बहादुर कार्कीलाई घटनाको पाँच दिनपछि पक्राउ गरि सार्वजनिक गरेको थियो ।

प्रहरीले लोकबहादुरका भाइ नरेशलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । मृतक रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो । नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अध्ययन सुरु गरेको हो ।

हाल हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य चार जना माथि प्रहरीले अनुसन्धान थालेको हो । अनुसन्धान कै क्रममा रहेको भन्दै चार जनाको परिचय प्रहरीले खुलाएको छैन । उनीहरु घटनाको प्रत्यक्षदर्शी भएको प्रहरीको आशंका छ ।

घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो ।

घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटनास्थलमै खटिएका छन् ।

सङ्खुवासभा हत्या: लोकबहादुरका भाइको साथमा भेटियो मृतक रञ्जनाको मोबाइल

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्ने लोकबहादुरलाई प्रहरीले गर्‍यो सार्वजनिक

प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार