नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध हो : श्रृङ्खला खतिवडा

काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल श्रृङ्खला खतिवडाले पल शाह प्रकरणमा आफ्नो धारणा व्यक्त गरेकी छिन् । समाजिक सञ्जाल मार्फत आफ्नो धारण सार्वजनिक गर्दै उनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको बताएकी छिन । पीडितलाई कुनै पनि किसिमको आरोप लगाउन नहुने उनको भनाई छ ।

नाबालिगसँग यौन सम्बन्ध हुनु अपराध हो, यसमा ‘यदि’ वा ‘तर’ भन्ने कुरै आउँदैन,’ श्रृङ्खलाले लेखेकी छिन्, ‘पीडितलाई कसैले पनि आरोप नलगाउनुस्। ‘उसले नै चाहेर भएको हो’ भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ। नाबालिगले ‘अनुमति’दिएमा पनि वयस्कको कर्तव्य ‘नाइँ’भन्नु हो।’

उनले पलको मुद्दामा बालिका कुनै पनि निर्णय गर्न वा अनुमति दिनमा कम उमेरको भएको बताएकी छिन्। सँगै पल शाह बढी उमेरको भएको र उमेर, शक्ति र निर्णयकै आधारमा पनि उनले गैरकानुनी काम गरेको खतिवडाले बताएकी छिन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page