पोखरामा पौडी खेल्दा डुबेर एकैदिन दुई किशोरको मृत्यु

पोखरामा पौडी खेल्ने क्रममा डुबेर एकैदिन दुई किशोरको निधन भएको छ ।

आइतबार पोखरा-१८ को खपौँदी र पोखरा-१७ को पावरहाउसमा पौडी खेल्दा डुबेर उनीहरूले ज्यान गएको हो ।

सशस्त्र प्रहरी बल, कालिका गणका अनुसार आइतबार फेवा पावरहाउसको फुस्रेखोलामा पौडी खेल्ने क्रममा पोखराकै जनप्रिय स्कुलमा पढ्ने सुप्रिम पौडेलको ज्यान गएको हो । उनी साथीहरूसँग पौडी खेल्न पुगेका थिए ।

यस्तै पोखरा १८, खपौंदीमा रहेको हर्पन खोलामा पौडी खेल्ने क्रममा हराएका एक किशोरको पनि शव भेटिएको छ । आइतबार साथीहरूसँग पौडी खेल्न गएका पोखराकै मालेपाटनका १५ वर्षीय सोनम सुवेदीको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गणले जनाएको छ । उनी एसईई दिएर बसेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार