कीर्तिपुरमा भएको बस दुर्घटनामा त्रिविका प्राध्यापकको मृत्यु

कीर्तिपुरमा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको । मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द रिजाल रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । प्रा. डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।

दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार