कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते छन् ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा३ख २०२७ नं. को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए । घाइते तीनजनालाई अस्पताल लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार