मनिषा कोइराला स्टारर बेव सिरिज ‘हीरामण्डी’ नेटफ्लिक्समा

सञ्जय लिला भन्सारी निर्देशित वेब सिरिज ‘हीरामण्डीस् द डायमण्ड बजार’ विश्वव्यापी रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिज आजबाट ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो ।

यो बेव सिरिज रिलिजअगाडी नै चर्चामा थियो । यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको अभिनय छ । वेब सिरिज ८ एपिसोडको हुने समेत बताइएको छ ।

यसबाट चर्चित निर्देशक भन्साली पनि ओटीटीमा डेब्यु गरेका छन् । भारतीय मिडियामा यो सिरिजबारे चारैतर्फ चर्चा छ । मनीषा स्वयंले पनि अलिकति धेरै नै भावुक भएर अन्तर्वार्ता पनि दिइरहेकी छन् ।

खासमा हिरामन्डी लाहोरमा रहेको ‘रेडलाइट एरिया’ हो । कुनै समय यसलाई शाही मोहल्ला पनि भनिन्थ्यो । जति बेला भारत र पाकिस्तान टुक्रिएका थिएनन्, त्यति बेला यो खुबै चर्चित थियो । भनिन्छ, त्यहाँको कोठामा माया प्रेम मात्रै साटिन्न । त्यहाँ राजनीति पनि हुन्छ । राजनीति भनेपछि धोका हुने भयो नै । मुगलकालमा यहाँ टाढाटाढा देशबाट पनि महिला ल्याइन्थ्यो । त्यहाँ संगीत र नृत्य प्रस्तुत हुन्थ्यो । यो संस्कृतिकै एक भाग जस्तै थियो ।

त्यहाँ नामी राजामहाराजा पुग्थे । समयसँगै हिरामन्डी त्यस्तो रहेन । मुगलकाल समाप्त भएसँगै त्यहाँ ब्रिटिस राज सुरु भयो । हिरामन्डीले त्यसको वास्तविक परिचय र चमक गुमायो । इतिहासले के भन्छ भने त्यो समय मन्त्री रहेका हिरासिंह डोगराबाटै यो ठाउँको नाम जुरेको थियो । उनी सिख राजा रणजित सिंहका मन्त्री थिए । यी मन्त्रीले अन्न राख्ने मन्डी बनाएका थिए । त्यसैले यसको नामै हिरामन्डी भयो । अचेल सूर्य ढल्यो कि यो ‘रेडलाइट एरिया’का रूपमा बदनाम हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार