प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा छौं : राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गर्न अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको पक्षमा उभिने बताएका छन् ।

१२ मध्ये ७ जना सांसदहरु लिएर अशोक राईले नयाँ दल दर्ता गराउँदा पार्टीको नाम जनता समाजवादी पार्टीमात्रै राखेका छन् । यादवले नेतृत्व गरेको दलको नाम भने जनता समाजवादी पार्टी, नेपाल छ । राईको नेतृत्वमा दर्ता भएको पार्टीको नाममा नेपाल भने राखिएको छैन ।

निर्वाचन आयोगमा दल दर्तापछि मिडियालाई प्रतिक्रिया दिँदै राजेन्द्र श्रेष्ठले आफूहरु अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले भने, ‘हिजोको घोषणापत्र, विधान, नीति तथा कार्यक्रम निरन्तरता दिन्छौं । बहुमत सांसद हामीसँग छन् । बहुसंख्यक प्रतिनिधिसभा सदस्यहरुको सहित यो नयाँ दल दर्ता भएको छ । हामी त ऐतिहासिक रुपमा बनेको सरकारको निरन्तरताको पक्षमा छौं । राजनीतिक अस्थिरताको चर्चा तथा परिचर्चा भैरहेको बेलामा हामी स्थिरताको पक्षमा छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार