उपेन्द्र यादवको पार्टी फुट्यो, निर्वाचन आयोग पुगे अशोक राईसहितका नेताहरु

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, नेपाल पार्टी फुटेको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ सांसद छन् । विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडी, प्रदीप यादव, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतोलगायत छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार