स्वरुपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक

सुरेन्द्र दियालीले ‘सम्हालेर राखेको छु’ बोलको गीत ल्याएका छन् । ओएसआर डिजिटलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुरेन्द्र दियालीको शब्द रहेको गीतमा गायक स्वरुपराज आचार्यको स्वर सुन्न सकिन्छ । नवीन कार्कीको कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

अभिनेत्री तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले गीतको भिडियोमा अभिनय गरेका छन् । प्रेम हुँदा पनि परिवारका कारण विछोड भएको प्रसंगलाई भिडिओमा प्रस्तुत गरिएको छ ।

उत्तम हुमागाइँको छायांकन गरेको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार