कवि भूपिनलाई एक लाख राशिको ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’ 

बागलुङका कवि/आख्यानकार भूपिन खड्का ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’बाट सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले एक सूचना जारी गर्दै भूपिनलाई सो सम्मान दिने निर्णय गरेको हो ।

प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशभित्र भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ । यस वर्ष सो सम्मान भूपिनलाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । सो सम्मान राशि एक लाख रुपैयाँ रहेको छ ।

बागलुङ, बलेवामा जन्मिएर चितवनमा साहित्य साधना एवं प्राध्यापन गर्दै आइरहेका भूपिन नेपाली साहित्यमा बहुविधाशिल्पी मानिन्छन् ।

उनका क्षतिग्रस्त पृथ्वी र मूल सडक, हजार वर्षको निद्रा र सुप्लाको हवाईजहाज कवितासंग्रह प्रकाशित छन् । त्यस्तै, चौबिस रिल निबन्धसंग्रह र उपन्यास मैदारो तथा भूपिनका कविता प्रकाशित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार