कारबाही रोक्न माग गर्दै माधव नेपाल समूह अदालतमा

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत जाने भएका छन् । नेकपा एमालेको पक्षले सांसद पदबाट कारबाही गर्नेगरी संसदीय दलका नेता समेत रहेका ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको छ ।

ओलीले माधव नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो । कानुन व्यवसायीहरूसँगको छलफलपछि कारबाही रोक्न माग गर्दै अदालत जाने निर्णय तयारी भइरहेको छ ।

यसअघि नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने मंगलबार नै बताएकी थिइन् ।

एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल समूह अदालत जाने भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार