सुनील पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक एवं नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्षको कैद सजाय सुनाइएको छ ।

साथै २३ करोड २६ लाख ५८ हजार रूपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना भराउने फैसला पनि विशेष अदालतले गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार