पार्टी फुटेपछि प्रचण्ड भेट्न बालुवाटार पुगे उपेन्द्र

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेका भेटेका हुन्।

अमेरिका भ्रमणमा रहँदै यादव नेतृत्वको जसपा विभाजन भएको थियो । यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो । जसपा नेपालमा १२ जना प्रतिनिधि सभा सांसद थिए। तीमध्ये ७ जना राई नेतृत्वको जनता समाजवादीमा लागेका छन् ।

राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो ।

आजको भेटमा सोहीबारेमा छलफल भएको छ । वर्तमान सरकार ढाल्न उपेन्द्र लागिपरेको आरोप लगाउँदै राईले बहुमत सांसद जुटाएर पार्टी विभाजन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार