काठमाडौँसहित देशभर विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

हाल (बुधबार बिहान) काठमाडौँ उपत्यकासहित देशैभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही गण्डकी प्रदेशका थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । यस क्रममा देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

महाशाखाको बिहानी बुलेटिनअनुसार राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखी मध्यम वर्षा हुने सम्भावना छ । साथै कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार