सुन तस्करीमा जोडिएका दावाको होटल भियनामा सीआईबी छापा, तीनजना नियन्त्रणमा

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

हुण्डी कारोबारको आशंकामा छापा मारेको सीआईबीले तीन जनालाई नियन्त्रणमा लिएको छ । “हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धान भइरहेको छ,” सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने ।

यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार