रविलक्षित कांग्रेसको मागलाई अस्वीकार गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको छानबिन समितिको मागलाई अस्वीकार गर्ने निर्णय गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए ।

पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो । ‘हामी देश नै सफा गरौँ भनिरहेका छौँ,’ झाले भने, ‘तर उहाँहरू (नेपाली कांग्रेस) एउटा घरमात्रै सफा गरौँ अरु पर्दैन भन्नुहुन्छ, अनि कसरी हुन्छ र ?’

यस्तै, बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको रास्वपाले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार