भक्तपुरमा बोलेरोले ठक्कर दिँदा एक युवकको मृत्यु

भक्तपुरको सूर्यविनायकमा बोलेरोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-९, मिलनचोकमा साँगाबाट जगातीतर्फ आँउदै गरेको ना५ख २३६१ नम्बरको बोलेरोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ द।

परिसरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका-२ घर भई हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-९, नलिन्चोक बस्ने ३८ वर्षका कमल बयलकोटी छन् ।

तीव्र गतिको बोलेरोले मंगलबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई सुरुमा भक्तपुरमै रहेको डा। इवामुरा अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि राति नै ललितपुरको सुमेरु अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गएराति नै उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।

बयलकोटीलाई ठक्कर दिने बोलेरो गाडी र त्यसका चालक सर्लाहीको लालबन्दी नगरपालिका-१६ घर भएका २३ वर्षीय सागर माझीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार